सोती घटना : अधिवक्ता रामचन्द्र गौतमले निशुल्क कानुनी सेवा दिने

सोती घटना : अधिवक्ता रामचन्द्र गौतमले निशुल्क कानुनी सेवा दिने

जेठ १७ काठमाडौ
रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोतीमा जेठ १० गते भएको घटनाको निशुल्क रुपमा काुननी सहायता प्रदान गरिने भएको छ । प्रजातान्त्रिक वकिलहरुको संस्था नेपाली डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)  ले साे घटनाको निशुल्क कानुनी सहायता प्रदान गर्न अधिवक्ता रामचन्द्र  गौतम (आरसि) लाई जिम्मेवारी तोकेको छ ।

पाँच जनाको निधन र एक जना बेपत्ता हुने गरि सोती गाउँका केहि ब्यक्ति बाट भएको अत्यन्तै कुर, अमानवीय घटनाको छानबिन तथा दोषीलाई कार्वाही र पिडितलाई न्याय दिनको लागि निशुल्क कानुनी सेवा प्रदान गर्न डिएलएले गौतम लाई जिम्मेवारी तोकेको हो ।

अधिवक्ता गौतमले पिडित पक्षको तर्फबाट निशुल्क बहस गर्ने बताएको छ । केन्द्रले दिएको जिम्मेवारी आफुले पुरा गर्ने अधिवक्ता गौतमले बताउनु भएको छ । रुकुम पश्चिम मुसिकोट खलंगा निवासी गौतम डिएलए रुकुम पश्चिमका अध्यक्ष हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार