बाजुरामा २ बर्षिय बालिकाको (कोभिड–१९ ) का कारण मृत्यु भएको पुष्टि

बाजुरामा २ बर्षिय बालिकाको (कोभिड–१९ ) का कारण मृत्यु भएको पुष्टि

जेठ १८ काठमाडौ
बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९ ) का कारण मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत बुढिगंगा नगरपालिका एक घर भएका २ बर्षिय बालिकाको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आईतवार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशनाल डोटिका निर्देशक डा.गुणराज अवस्थीले जानकारी दिएका छन ।

मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।  मृतक बालिकाको बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार