१३ जिल्लाका सिडियोको सरूवा, रोल्पामा नरेन्द्रकुमार राना

१३ जिल्लाका सिडियोको सरूवा, रोल्पामा नरेन्द्रकुमार राना

१९ जेठ, काठमाडौं
गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी सरूवा गरेको छ। गृहले ४४ सहसचिव र उपसचिवलगायतको पदस्थापना तथा सरूवा गरेको हो। तीमध्ये १३ जिल्लामा सिडिओ सरूवा भएका छन्।

रोल्पाको सिडियोमा गृह मन्त्रालयमा कार्यरत उपसचिव नरेन्द्र कुमार रानाको सरुवा भएको छ । यस्तै सुर्खेतका सिडिओ रमेश न्यौपाने पाल्पा सरूवा भए भने पाल्पाका सिडियो यादव सुवेदीलाई काजमा गृहमन्त्रालय बोलाइएको छ।

सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

हेर्नुस् सूची

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार