अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

जेठ २१ काठमाडौ

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दिपक केसी सहित राजन केसी र खिलराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरी चौकी तोडफोडमा संलग्न वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।

मंगलबार राति वडाध्यक्ष केसी सहितको समूहले मुसीकोट नगरपालिका–१४, छिवाङज्युलामा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरेका थिए । घटनापछि वडाध्यक्ष केसी फरार थिए । तोडफोडका क्रममा जाँच गर्ने पोष्ट, चौकीमा रहेका फर्निचरलगायत सामग्रीमा क्षति पुगेको प्रहरीले बताएको छ ।  घटनामा संलग्न ६ जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

उता रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले वडाध्यक्षसहित ३ जनाविरुद्ध म्याद थप गरिएको र अन्यको खोजी तीव्र पारिएको बताए । उनका अनुसार अभद्र व्यवहार गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट बुधबार १० दिनको म्याद थप गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार