गोरखापत्र संस्थानका दुई महाप्रबन्धक सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखापत्र संस्थानका दुई महाप्रबन्धक सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ २३ काठमाडौ
गोरखापत्र संस्थानले गर्ने कागज खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महाप्रबन्धकद्वय सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारजना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

भ्रष्टाचारको आरोपमा पर्नेमा गोरखापत्र संस्थानका अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्ति गर्ने प्रिन्टसेल इमेजिङका सञ्चालक दिपक भन्साली छन् ।

भन्सारको दायित्व कम्पनीकै हुने भन्ने सम्झौता भए पनि गोरखापत्र संस्थानले भन्सार छुटका लागि गलत सिफारिस गरेको अनि आपूर्तिकर्तालाई पेस्कीसमेत दिएर भन्सार छुटाएको भन्दै अख्तियारले त्यसबाट २६ लाख १६ हजार रुपैयाँ गोरखापत्रलाई नोक्सानी भएको दाबी गरेको छ । अख्तियारले कोइराला र उपाध्यायका साथै अरु दुईजनामाथि पनि त्यति नै विगो मागदाबी गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार