सिन्दुरे रोगले गहुँबालीमा क्षति, उत्पादनमा कमी

सिन्दुरे रोगले गहुँबालीमा क्षति, उत्पादनमा कमी

जेठ २४ रुकुम पश्चिम
जिल्लाका केहि स्थानमा लगाएको गहुँमा सिन्दुरे रोगले क्षति पुगेपछि यसवर्ष उत्पादनमा कमि आएको छ । रुकुम पश्चिमका आठबिसकोट, बाफिकोट, चौरजहारी, ज्यामिरकोट, लगायतका ठाँउमा लगाएको गहुँबालिमा रोग लागेको हो ।

यसवर्ष समयमै पानी परेता पनि गहुँबालिलाई आवश्यकता भन्दा बढी पानी परेकाले सिधुरे रोग लागेको हो । यसवर्ष सिन्दुरे रोग लागेर गहुँको बालामा दाना समेत लागेको छैन । गहुबालिलाई पानीको आवश्यकता पर्ने भएता पनि यसवर्ष धेरै पानी परेर गहुँबालिमा सिधुरे रोग लागेको कृषकहरुको गुनासो छ । गहुका बाला लागेता पनि बालामा दाना नलाग्दा कृषकहरु चिन्तित भएका छ्न ।

गतबर्षको भन्दा यसवर्ष आधाले गहुँबाली घट्ने आठबिसकोट १३ का कृषक केशव थापाले बताउनुभयो । धेरै कृषकले लगाएको गहुँबालिमा सिन्दुरे रोग लागेको छ । यसवर्ष कोरोनाको महामारिले अन्न बेसाउन समेर नपाईने कृषकहरुको गुनासो छ ।

लकडाउनले कमाईकजाई केही नभएकोले सरकारले आफुहरुलाई उचित राहत र बालिबिमा गरिदिनुपर्ने आठबिसकोट १४ का कृषक दुर्गा मल्लको माग रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार