कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका पुरुषको शव व्यवस्थापन सेनाले गर्ने

कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका पुरुषको शव व्यवस्थापन सेनाले गर्ने

जेठ २६ काठमाडौ
कोरोना सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको फुलबारी ब्यारेकको भगवती दल गणलाई दिइएको छ ।

स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा सोमबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

शव व्यवस्थापनको लागि तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । ‘स्थानीय निकाय समन्वयन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘नेपाली सेनाको भगवती दल गण शव व्यवस्थापनको लागि तयारी अवस्था हुनुहुन्छ ।’

गण्डकी प्रदेशमा कोरोनाले मृत्यु भएको यो पहिलोपटक हो । घर फर्किएपछि २१ गतेदेखि क्वरेन्टीनमा बसेका उनलाई २२ गते पोखरा ल्याइएकामा सोमबार आइसोलेसनमा मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार