बुधबार थप २७९ कोरोना संक्रमित थपिए, संख्या ४३६४ पुग्याे

बुधबार थप २७९ कोरोना संक्रमित थपिए, संख्या ४३६४ पुग्याे

जेठ २८ काठमाडौ

आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनालाई कोरोना भाइरस रोग (कोभिड १९)को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २५७ पुरुष र २२ जना महिलालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । पुरुषको संख्या ४ हजार ५५ र महिलाको संख्या ३०९ रहेको छ ।

आज संक्रमण पुष्टि भएका जिल्लाहरुमा धनुषा, मोरङ, झापा, चितवन, उदयपुर,सर्लाही,नवलपरासी, कपिलवस्तु लगायत छन् । संक्रमण ७२ जिल्लामा फैलिएको छ ।

पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन ।  देशभर डिस्चार्ज हुनेको सख्या ६७४ पुगेको छ जसमा छ ५९५ पुरुष र ७९ जना महिला रहेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार