किसानलाई कृषि सामाग्री उपलब्ध गराउन जसपाको माग

किसानलाई कृषि सामाग्री उपलब्ध गराउन जसपाको माग

जेठ २८ काठमाडौ

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले भोकमरी तथा कमजोर अवस्थामा रहेका किसानलाई मलखाद, किटनाशक तथा अन्य कृषि समाग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले बुधवार विज्ञप्ति जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा कृषिलाई लाभमुलक पेशा बनाई कृषि राजेगारीमा अभिवृद्धि गर्ने तथा खाद्यान्नमा देशलाई आत्मनिर्भरता तर्फ लैजाने भनिएपनि किसान अभाव र संकटबाट गुज्रिरहेको बताएका छन् ।

धानखेतीको प्रारम्भमा देशभरी बीउविजन, डिएपी तथा युरियाको चरम अभाव भन्दै जसपाले कोरोना अवधिमा आर्थिक संकटबाट गुज्रिराखेका कृषकलाई मलखाद, किटनाशक तथा अन्य कृषि समाग्री उपलब्ध गराउन माग गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार