क्वारेन्टाइनमा बसेकालाई विद्यार्थी नेताले बांडे खाजा

क्वारेन्टाइनमा बसेकालाई विद्यार्थी नेताले बांडे खाजा

जेठ  २९ रुकुम पश्चिम
बिद्यार्थी नेता सुशील खड्काले क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुलाई खाजा बितरण गर्नु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. २ मा रहेको क्वारेन्टाइनमा बस्नु भएका ब्यक्तिहरुलाई खड्काले खाजा बितरण गर्नुभएको हो ।

शितल माध्यमिक विद्यालयमा रहेका ३८ जनालाई दिउसोको खाजा उपलब्ध गराएको खड्काले जानकारी दिनुभयो । चौरजहारी नगरपालिका वडा नं. का वडा अध्यक्ष केशव केसिले युवा नेता खड्काले अत्यन्त मानवीय कार्य गर्नुभएको र उहाँको जस्तै मानवीय भावना सबैले राख्न सक्नुपर्ने बताउनुभयो । खाजा प्राप्ति पछि क्वरेन्टिनमा बसेका सर्वसाधारण अत्यन्त खुशी भएको केसिले जनाउनुभयो ।
क्वारेन्टाइनमा रहेका सबैजना जिल्ला बाहिरबाट आएका हुन् । चौरजहारी नगरपालिकाले संचालन गरेका विभिन्न क्वारेन्टाइनमा हाल ४ सय ५५ जना ब्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार