दैलेखमा आइसोलेसनमा बसेका व्यक्ति र प्रहरीबीच झडप

दैलेखमा आइसोलेसनमा बसेका व्यक्ति र प्रहरीबीच झडप

जेठ ३१ दैलेख

दैलेख जिल्लाको एक आइसोलेसनमा बसेका व्यक्ति र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्। शनिबार नारायण नगरपालिकास्थित दैलेख बजारको त्रिभुवन माध्यमिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो।

महिनौ दिन पुग्दा पनि पुनः स्वास्थ्य जाँच नगरिएको‚ पिसिआर र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनको राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन्।

आइसोलेसनमा बसेका पिसिआर पोजेटिभ देखिएका कोरोना संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुरवलीले बताए। प्रहरीको कुटाइबाट एक घाइते भएका छन् भने तीन जना सामान्य रहेका छन्।

उनीहरू चारै जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ। त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पिसिआर पोजेटिभलाई राखिएको छ। केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टाइनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार