पहिरो जाँदा कुश्मामा तीन जनाको मृत्यु

पहिरो जाँदा कुश्मामा तीन जनाको मृत्यु

जेठ ३२ काठमाडौं

पर्वतकाे कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

शनिबार राति ९ बजे भएको घटनामा दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख विश्वराज अधिकारीका  अनुसार मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा रहेका छन् ।

बेपत्तामा हुनेमा चार जना ९ देखि १६ वर्ष उमेर समूहका छन् । दुई जना अन्दाजी २८/२९ र ३२/३३ वर्षका व्यक्ति भएको अधिकारीले बताए ।

उनका अनुसार बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार