साेती घटनामा ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता

साेती घटनामा ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता

मुद्दा दर्ता गरिएका मध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तवर्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको  जिल्ला अदालत रुकुम पश्चिमका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिएका छन् । उनका अनुसार आज मुद्दा दर्ता गरिएको र साेमबारबाट थुनछेक बहस सुरु गरिने छ ।

मुद्दा लागेकामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् । गएको १० जेठमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीका स्थानीयहरुको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।

घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा चौरजहारी नगरपालिका -८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २९ जना पक्राउ परेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार