साेती हत्या प्रकरण : मृतकका परिवारलाई दश लाख राहत सिफारिस

साेती हत्या प्रकरण : मृतकका परिवारलाई दश लाख राहत सिफारिस

 असार १ काठमाडौ

 रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका-८ साेती गाउँलेको आक्रमणबाट मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

गृहले घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरेको छ । गृहको प्रस्ताव मन्त्रिपरिषद् अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताए । रुकुम पश्चिम जिल्ला सुरक्षा समिति बैठकले गरेको सिफारिसका आधारमा राहत तथा उपचार खर्चको व्यवस्था गर्न प्रक्रिया थालिएको उनले बताए ।

जेठ १० गते राति चौरजहारी नगरपालिका–८, रुकुम पश्चिम (सोती)मा गाउँलेको कुटाइबाट भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बूढा, सन्दीप बिक र तथा चौरजहारीका टिकाराम सुनारको हत्या भएको थियो । मारिएका सबैको भेरी नदीमा शव भेटिएको थियो । हत्यामा संलग्न भएको अभियोगमा ३४ जनाविरुद्ध आइतबारमात्रै रुकुम जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । आरोपितमध्ये ५ जना अझै फरार छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार