सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

असार २ काठमाडौ

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।

अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मंगलबार बिहान साढे ८ बजे निधन भएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।

सानो आन्द्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याइएको प्रवक्ता शेर्पाले बताउनुभयो ।

तत्कालीन एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्थ्यो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार