डडेलधुरा जिल्ला अनिश्चितकालका लागि सिल

डडेलधुरा जिल्ला अनिश्चितकालका लागि सिल

असार ५ काठमाडौ

कोरोना संक्रमितको संख्या बढेपछि शुक्रबार दिउँसो तीन बजेदेखि डडेलधुरा अनिश्चितकालका लागि सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शुक्रबार दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र व्यापार व्यवसाय सञ्चालन गर्न, व्यक्ति तथा सवारी साधन आउजाउमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

जिल्लामा उच्चदरमा संक्रमित वृद्धि भइरहेका कारण संक्रमणको जोखिमबाट जोगिन  स्वास्थ्य लगायत अत्यावश्यकीय सेवा बाहेक अरु सबै पूर्णरुपमा बन्द गर्ने निर्णय गरेकाेे छ ।

कोभिड १९ का फोकल पर्सन हरि भट्टका अनुसार शुक्रबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै डडेलधुरामा संक्रमितको संख्या १२८ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार