रुकुम पश्चिममा १ सहित कर्णालीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

रुकुम पश्चिममा १ सहित कर्णालीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

असार ६ काठमाडौ

कर्णाली  प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका अनुसार  रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका-१२ का ३३ बर्षका एक पुरुषलाई काेराेना संक्रमण पुष्टि भएको हाे ।

यससँगै कर्णालीमा संक्रमितको संख्या १२४६ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार