रौतहटमा थप ४० जना संक्रमण मुक्त भएपछि घर फर्किए

रौतहटमा थप ४० जना संक्रमण मुक्त भएपछि घर फर्किए

असार ७ काठमाडौं

रौतहटमा कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार साँझ थप ४० जना घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ७२ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या भने १ हजार ९४ जना पुगेको छ । ति मध्ये अहिले पनि ७ सय २२ जनाको विभिन्न स्थानमा रहेको आइसोलेसनमा उपचार भइरहेको छ ।

गौर नगरपालिकाको गौर नसिङ्ग इन्स्टिच्युटको आइसोलेनबाट विभिन्न नगरपालीकाका ३९ जना पुरुष र १ जना महिला संक्रमण निको भएर घर फर्केको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण साहले बताए । घर फर्केनेमा २ जना बालबालिका पनि छन् । उनीहरुमा संक्रमण भने थिएन ।

अभिभावकबाट अलग राख्न नसक्ने भएकाले सँगै आइसोलेसनमा राखिएको डा. साहले बताए । बालबालीकाको पनि पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार