सोती घटनामा अभियुक्तहरुको थुनछेक बहस जारी

सोती घटनामा अभियुक्तहरुको थुनछेक बहस जारी

असार ७ काठमाडौ

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनाका अभियुक्तहरुको थुनछेक बहस जिल्ला अदालतमा आज पनि जारी छ ।

गत बिहीबार अभियुक्तहरुको बयान सकिएपछि शुक्रबारदेखी छुनछेक बहस सुरु भएको हो । पहिलो दिन सरकारी वकिलतर्फबाट ५ जना र जाहेरवालाका तर्फबाट २ जना वकिलले बहस गरेका थिए । अहिले पनि जाहेरवालाकै तर्फका वकिलहरुले बहस गरिरहेको जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।

घटनामा संलग्न भएको आरोपमा गत जेठ ३२ गते जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता गरेको छ । ३३ जनालाई जन्मकैद र आजिवन कारावासको माग सहित अभियोग दर्ता गरिएको छ । जसमध्ये २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ५ जना फरार छन् ।

३४ मध्ये १ जनालाई मतियार र बाँकीलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातिय छुवाछुत सम्बन्धिको अभियोग लागेको छ । अभियोग लागेका मध्ये २ जना नाबालकलाई थुनछेक बहस पछि गत सोमबार नै अदालतले पुर्पक्षका लागी बाल सुधार गृहमा राख्न आदेश गरिसकेको छ ।

गत जेठ १० गते चौरजहारी नगरपालिका–८, को सोती गाउँमा जाजरकोटबाट गएका युवाहरुमाथी गाउँलेले कुटपिट गरेका थिए । कुटपिटबाट ६ जनाको मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार