सुनको मूल्य तोलाको ९० हजार नाघ्यो

सुनको मूल्य तोलाको ९० हजार नाघ्यो

असार ७ काठमाडौ
नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको ९० हजार बढी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि संसारभर बढीरहेको सुनको मूल्यको नेपालमा भने कर बढेपछि झनै आकाशिएको थियो।

असार ५ गते तोलाको ८९ हजार ९ सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर कारोबार भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार