हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध

हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध

Sidda Baba

असार ८ मकवानपुर

हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

अहिले पहिरो गएका ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

बेँसीशहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनले भने, ‘सडक अवरुद्ध भएपछि यतिबेला एक्साभेक्टरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।’

पैंसठ्ठी किलोमिटरको बेँसीशहर–चामे कच्ची सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि मानिसहरु रोकिएको उनको भनाइ छ । सडक कति बेला पुनः सञ्चालन हुने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ । रासस , फाइल तस्वीर

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार