पाल्पामा पहिरोले ४ वटा गाडी बगायाे, थप विवरण आउन बाँकी

पाल्पामा पहिरोले ४ वटा गाडी बगायाे, थप विवरण आउन बाँकी

असार ८ काठमाडौं

पाल्पाको तानसेन नगरपालिका-११, सम्मोबारीमा पहिरोले ४ वटा सवारी गाडी बगाएको  छ भने २ जनाको शव फेला परेको छ ।

एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्‍ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार