पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो [अपडेट]

पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो [अपडेट]

असार ८ काठमाडौ
सोमबार पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले चार वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

पहिरोले अगाडिको सडक अवरुद्ध भएकाले रोकिएर रहेका मिनी ट्रक र ट्यांकरलाई पुनः खसेको पहिरोले बगाएको हो । यस्तै पहिरोले एउटा कार र कुखुरा बोक्ने जिपमा समेत क्षति पुर्‍याएको छ ।

रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सवारी साधन अवरुद्ध भएका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पालपाका डीएसपी मदन गीरीको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । उनका अनुसार अचालनक पहिरो खस्दा धेरै यात्रु भागेर बाँचेका थिए । पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार