वडाध्यक्षसहित दाङमा १३ जनामा कोरोना पुष्टि

वडाध्यक्षसहित दाङमा १३ जनामा कोरोना पुष्टि

असार ८ दाङ

दाङमा सोमबार थप १३ जना कोरोना पुष्टि भएको छ। संक्रमित सबै घोराही उपमहानगरका हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा   संक्रमित घोराही उपमहानगरपालिका–२ का वडाध्यक्षलाई समेत कोरोना पुष्टि भएको हो।

जेठ २४ गते स्वाब संकलन गरिएको र सोमबार १६ दिनपछि रिपोर्ट आउँदा वडाध्यक्षलाई कोरोनाको संक्रमण देखिएको हो। त्यसैगरी संक्रमित हुनेहरुमा घोराही २ का १७, २२ र ३८ वर्षका पुरुष, वडा नम्बर ३ का २३ र ३० वर्षका पुरुष, वडा नम्बर ६ का १६, १९, २३, २३, २५, ३२ र ३७ वर्षका १ महिलासहित ५ पुरुष र वडा नम्बर ५ का ३१ वर्षका १ पुरुषमा कोरोना संक्रमण भएको प्रतिष्ठानले जनाएको छ।

योसँगै दाङमा अहिलेसम्म संक्रमितको संख्या २ सय ८५ पुगेको छ। त्यसैगरी दाङको कोरोना विशेष अस्पताल बेललझुण्डीबाट  सोमबार थप ६ जना डिस्चार्ज भएका छन्।  दाङका ५ जना र प्युठानका १ जना डिस्चार्ज भएका अस्पतालले जनाएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार