कुवेतबाट फर्किएका झापामा सात जना महिलामा कोरोना संक्रमण पुष्टि

कुवेतबाट फर्किएका झापामा सात जना महिलामा कोरोना संक्रमण पुष्टि

असार ९ काठमाडौ
कुवेतबाट फर्किएका झापाका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् । उनीहरु सबै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमित हुनेमा झापाको मेचीनगरका ३ जना महिला र बुद्धशान्ति नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, हल्दीबारीका २ जना महिला र कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् । ती मध्ये मेची नगरकी एक महिला र चार पुरुष भारतबाट आएकाहरु हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार