सोती घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस

सोती घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस

असार ९ काठमाडौ

पश्चिम रुकुममा घटेको घटनाको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आह्वानमा आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रसम्म प्रदर्शन गरिएको थियो ।

अन्र्तजातीय प्रेम प्रसंगलाई लिएर पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको विरोधमा माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म सिठी बजाएर प्रदर्शन गरिएको थियो ।

प्रेमिका लिन जाँदा युवतीका आफन्त र गाउँलेको आक्रमणबाट नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्या गर्नेहरुलाई कारवाहीको माग गर्दै सिटी जुलस प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले नयाँ वानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेको थियो ।

संघर्ष समितिले दोस्रो चरणको आन्दोलन अन्र्तगत भोली (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको अधिकारकर्मी तथा साझा पार्टीका नेता प्रकासचन्द्र परियारले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार