नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

असार १० काठमाडौ

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ ।

बैठकमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सीमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका कामलगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डाका रुपमा राखिएको छ ।

यो बैठकमा अध्यक्षले राजनीतिक तथा सा‌ंगठनिक प्रतिवेदन पेस गर्ने कार्य सूची छैन । सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेस गर्नुपर्ने भए पनि दुई अध्यक्षबीचमै सहमति हुन नसकेका कारण प्रतिवेदनसमेत तयार नभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार