विषालु च्याउ खाँदा बाँफिकोटमा पाँचजना बिरामी

विषालु च्याउ खाँदा बाँफिकोटमा पाँचजना बिरामी

असार १० काठमाडौ
जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा रुकुम पश्चिमको बाँफिकोटमा पाँच जना बिरामी भएका छन् । बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खादा एकै ठाउँका २ घर परिवारका ५ जना बिरामी भएका हुन ।

बिरामी हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर-४ खरखरेका ५६ बर्षका हरि बहादुर विक, २८ बर्षकी झरना विक, २० बर्षकी सृष्टि विक, ४९ बर्षकी शान्ती विक, र १० बर्षका जनक विक रहेको छन । बिहान खाना खाएका उनीहरुलाई रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो ।

बिरामी भएका पाँच जना मध्ये शान्ति विक र जनक विकको छिन्खेमा रहेको कुसारी पोलिकिल्नीकमा उपचार भैरहेको छ । भने बाँकी तीन जनाको अहिले स्वास्थ्य चौकी बाँफिकोटमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । फोटो सौजन्य स् दल बहादुर ओली

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार