वडाध्यक्ष तामाङको उपचारको क्रममा मृत्यु

वडाध्यक्ष तामाङको उपचारको क्रममा मृत्यु

असार १० काठमाडौ
चितवन राप्ती नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष हितबहादुर तामाङको मृत्यु भएको छ । बुधबार मकवानपुरको भीमफेदीमा उपचारको क्रममा दिउँसो उनको मृत्यु भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन् ।

उनी लामो समयदेखि कलेजो तथा जन्डिस रोगको उपचार गराइरहेका थिए । लामो समय चितवन मेडिकल कलेजमा उपचार गराएका उनलाई केही दिनअघि आयुर्वेदिक पद्धतिबाट उपचारका लागि मकवानपुरको भीमफेदी लगिएको थियो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार