दाङमा ७६ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा ७६ जनामा कोरोना संक्रमण पुष्टि

१० असार १० काठमाडौ
दाङमा बुधबार एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

संक्रमितहरु ५ वर्षदेखि ४४ वर्ष उमेर समूहका छन् । बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जीसीका अनुसार वडा नम्बर २ का वडाध्यक्ष र एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर(१ निवासी अर्की एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना संक्रमण देखिएको छ । उनको गत जेठ २५ गते प्रावि बढीपोखरा क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।

यसैगरी घोराही उपमहानगरपालिकाका वडा नम्बर १, ४ र ५ का ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर(१ का २५ जना, वडा नम्बर(४ का ४ जना, वडा नम्बर(५ का पनि ४ जना र वडा नम्बर(१५ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।  यससँगै दाङमा कोरोना संक्रमितहरुको संख्या ३ सय ८० पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार