रुकुम मुसिकोटको बजेट ७० करोड ३६ लाख

रुकुम मुसिकोटको बजेट ७० करोड ३६ लाख

असार १० काठमाडौ
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको सातौं नगरसभा उद्घाटन भएको छ । बुधबार उद्घाटन गरिएको नगर सभामा आर्थिक बर्ष २०७७/०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम र प्रस्ताबित बजेट पेश गरिएको छ ।

स्थानीय तहको निर्वाचन पछिको सातौं नगर सभामा २५ पृष्ठ लामो रहेको नीति तथा कार्यक्रम र ३ पृष्ठ रहेको बजेट बक्तब्य पेश गरिएको छ । १२ पृष्ठ रहेको बजेट बक्तब्यमा जम्मा रु ७० करोड ३६ लाख ६८ हजार २ सय ६० रुपैयाँ विनियोजन गरिएको छ ।

प्रस्ताबित कुल विनियोजन रकम मध्ये वित्तिय समानीकरण अनुदान तर्फ १२ करोड ७४ लाख ५२ हजार विनियोजन गरिएको छ । त्यसैगरि संघीय सरकारवाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम ८ करोड ७९ लाख १० हजार २ सय ६०, प्रदेश सरकारवाट वित्तिय समानिकरण अनुदान १ करोड ५२ हजार, प्रदेश सरकारबाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम ९ लाख ६ हजार, संघीय सरकारवाट सर्शत अनुदान ३७ करोड ३२ लाख, विशेष अनुदान र समपुरक अनुदान रकम ३ करोड ३७ लाख विनियोजन गरेको छ ।

त्यसैगरी स्थानीय राजश्व वाँडफाँड तथा स्रोत परिचालन गरि आन्तरिक आयतर्फ २ करोड ५० लाख अनुमान गरिएको छ । त्यसै गरि प्रस्ताबित कुल विनियोजन रकम मध्ये चालु तर्फ ४१ करोड ४२ लाख ४१ हजार २ सय ६० र पूजिगत तर्फ २८ करोड ९४ लाख २७ हजार विनियोजन गरिएको छ ।

बुधबार प्रस्ताबित नीति तथा कार्यक्रम र बजेट आगामी २४ गते बस्ने नगर सभाले पास गर्नेछ । शुरुका बर्षहरुमा भन्दा अलि भिन्न र ब्यबस्थीत ढाँचामा ल्याइएको प्रस्ताबित बजेट यस आर्थिक बर्षका लागि बिषयगत समिति अनुसार बिनियोजन गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार