हेटौंडामा चट्याङ्ले लागेर २ महिलाको मृत्यु

हेटौंडामा चट्याङ्ले लागेर २ महिलाको मृत्यु

असार ११ काठमाडौं

बुधबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर मकवानपुरमा २ महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मकवानपुरको बकैया गाउँपालिका–२ कालापानीमा परेको चट्याङले लागेर २५ वर्षीया बिना घिसिङ र १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको प्रहरी नायब उपरिक्षक इन्द्रवहादुर रानाले बताउनुभयो ।

चट्याङ लागेर १४ वर्षीय किरण जिम्वा घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकी धियालमा उपचार भईरहेको छ ।

घरमा सुतिरहेको अवस्थामा चट्याङ परेको थियो । तीन वटा घरमा चट्याङ परेको थियो  ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार