पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना संक्रमण

पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना संक्रमण

असार १३ काठमाडौ
पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
शव व्यवस्थापनमा खटिएका ३३ र ३६ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ ।

१८ गते जल्पाको क्वारेन्टाइनमा पुगेका ४५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते नै तानसेनको मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको थिए । तर उनको जेठ २० गते निधन भए पनि २२ गते मात्र शव व्यवस्थापन गरिएको थियो ।

कोरोना भाइरस पुष्टि भएकाको शव व्यवस्थापनमा खटिएकालाई सोही दिनदेखि नै सुरक्षित आइसोलेसनमा राखिएको गणले जनाएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार