नेपालकै अग्रणी जगदम्बा प्रेस बन्द

नेपालकै अग्रणी जगदम्बा प्रेस बन्द

असार १३ काठमाडौँ
देशकै अग्रणी छापाखाना मध्येको एक जगदम्बा प्रेस बन्द भएको छ । ६६ वर्ष पुरानो जगदम्बा प्रेस दुई साताअघि देखि औपचारिक रुपमा बन्द भएको हो । त्यहाँ कार्यरत ४० जनाको हाराहारीमा रहेका कर्मचारीहरुलाई असारसम्मकै तलब दिनेगरी हाललाई उपदान दिएर बिदा गरिएको हो ।

वैशाखको पहिलो साता नै सञ्चालक कनकमणि दीक्षितले जगदम्बा प्रेसको हात्तीवन कार्यालयमा कर्मचारीहरुलाई बोलाएर छापाखाना बन्दको घोषणा गरेका थिए ।

नेपालकै पुरानो मध्येको यो प्रेस अहिले बिक्रीमा चढाइएको छ। झण्डै १० वर्षदेखि घाटामा चलिरहेकोले कम्पनी बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक दीक्षितले बताएका छन् ।

६६ वर्षअघि कमलमणि दीक्षितले जगदम्बा प्रेस सञ्चालनमा ल्याएका थिए । इतिहासकार तथा भाषाविद् स्वर्गीय दीक्षितले सन् १९५४ दरबार र आफ्नो घरमा काम गर्ने व्यक्तिका सन्तानहरुलाई काम मिलोस् भन्ने ध्येयले प्रेस खोलेका बताइन्छ ।

रानी जगदम्बाकुमारीदेवी राणाको नाम राखेर त्यसताका लिथो छपाई विधिबाट थालिएको ‘जगदम्बा प्रेस’ अफसेट प्रिन्टिङमा पनि नेपालको पायोनियर मानिन्छ।  सञ्चालन खर्चसमेत उठाउन नसकेर बन्द गर्नुपर्ने अवस्था आउनुले नेपालमा प्रिन्टिङ प्रेसको भविष्यप्रति संशय उब्जिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार