सल्यानमा घर फर्काइएका पुरुषमा पुन: कोरोना

सल्यानमा घर फर्काइएका पुरुषमा पुन: कोरोना

असार १३ काठमाडौं

सल्यानमा विदेशबाट घर फर्कने क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै होम क्‍वारेन्टाइनमा बस्नका लागि घर फर्काइएका शारदा नगरपालिका १२ डाग्रीका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।

घरमा पठाएपछि होम क्‍वारेन्टाइनमा बस्दै आएका उनलाई थप उपचारका लागि सल्यान बहुमखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको शारदा नगरपालिका सल्यानले जनाएको छ । कोरोना पोजिटिभ देखिएका पुरुषको घरमा कसैलाई नजान नगरपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।

नगरपालिकाका कोरोना फोकल पर्सन रबिन विष्टले घर सिल गर्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । उनका अनुसार ओमनबाट नेपाल फर्कने क्रममा असार दुई गते सल्यान आइपुगेका ती पुरुषलाई तीन दिन लुहापिङ्गस्थित त्रिजमाविको क्‍वारेन्टाइनमा राखेर ओमनको एयरपोर्टमा गरेको रिपोर्टअनुसार घर पठाइएको बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार