सलह कीरा रोकथाममा सरकार गम्भीर बन्न कांग्रेसको आग्रह

सलह कीरा रोकथाममा सरकार गम्भीर बन्न कांग्रेसको आग्रह

असार १४ काठमाडौ
नेपाली कांग्रेसले नेपालमा सलह कीराबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ। पार्टीका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेर्ने समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले आइतबार विज्ञप्ति निकालेर सलह कीराबाट हुने सम्भावित क्षति मध्यनजर गर्दै रोकथामका लागि कदम चाल्न आग्रह गरेका हुन्।

‘उक्त कीरा रोकथाम तथा नष्ट गर्न सरकारबाट आवश्यक कदम चाल्नुका साथै क्षति न्युनिकरणका लागि गम्भीर हुन माग गर्दछौं,’ संयोजक चौधरीले निकालेको विज्ञप्तिमा भनिएको छ। सरकारले सलह कीरा नेपाल प्रवेशको सम्भावना कम रहेको भन्दै तयारी नगरेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ।

‘सरकारका सम्बन्धित निकायबाट यस विनाशकारी कीरा नेपालमा प्रवेश गर्ने कम सम्भावना रहेको भन्दै प्रभावकारी ढंगले पूर्वतयारी नगरेकोप्रति गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ।

अफ्रिकी मुलुक अरविया हुँदै एसियाका पाकिस्तान, भारतलगायत देशमा देखिएको सलह शनिबारदेखि नेपाल प्रवेश गरेको हो। तराईका जिल्ला हुँदै सलह आइतबार पहाडी जिल्लातिर सरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार