रुकुम घटना : अझै रोकिएन जाजरकोटमा आन्दोलन

रुकुम घटना : अझै रोकिएन जाजरकोटमा आन्दोलन

राजेन्द्र कार्की , असार १४ जाजरकोट

६ जनाको ज्यान जाने गरि पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटना अझै सेलाएको छैन । पिडित परिवार र जाजरकोटका स्थानियले न्यायको माग गदै आइतवार सदरमुकाम खलंगामा प्रर्दशन गरेका छन् । हत्यारालाई कारवाही गर, हामीलाई न्याय देउ, हाम्रो आन्दोलन जारी छ लगायतका नारा सहित बजार परिक्रम गरेर घटनाको विरोध गरेका हुन् ।

सोती घटना संघर्ष समितिले शान्ति पुर्ण दवाव कायम राख्न प्रर्दशन गरिएको जनाएको छ । संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पिडितको न्यायका लागी दवावमुलक रुपमा प्रर्दशन गरिएको बताए । घटनालाई तोडमोड नहोस र न्याय नमरोस भनेर हामी निरन्तर खवरदारीमा छौ उनले भने ‘जातिय विभेदकै कारण भएको सामुहिक हत्या काण्डमा संलग्नलाई जन्मकैदको सजाय हुनु पर्छ । तव मात्र मृतकको आत्मले शान्ति पाउनेछ ।’

अन्र्तजातिय प्रेम सम्बन्धका कारण भएको घटनामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक सहित ६ जनाको ज्यान गएको थियो । त्यस मध्य एक जना टीकाराम सुनार चौरजहारी र अरु पाँच जना जाजरकोटका थिए । मल्ल थरकी एक किशोरी भगाउन गएका केटाहरु माथि सोतीका गाँउलले आक्रमण गर्दा उनीहरुको ज्यान गएको थियो ।

रुकुम जिल्ला अदालतले वडाध्यक्ष डम्बरबहादुर मल्ल, किशोरीका बुवा र किशोरी सहित २३ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ । किशोरीकी आमालाई एक लाख धरौटीमा छोड्न आदेश दिएपनि धरौटी नबुझाएपछि उनलाई पनि कारागार चलान गरिएको छ । पाँच जना फरार छन् । ३४ जनालाई पक्राउ गरिएकोमा अन्यलाई सामान्य तारेखमा छाडिएको जिल्ला अदालत पश्चिम रुकुमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार