स्टार अस्पतालमा उपचाररत रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु

स्टार अस्पतालमा उपचाररत रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु

असार १५ काठमाडौं

ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

‘सास फेर्न समस्या भएर उहाँ शनिबार दिउँसो ४ बजे अस्पतालमा आउनु भएको थियो। हामीले कोरोनाको शंका गरेर भेन्टिलेटरमा उपचार गरिरहेका थियौं। स्वाब निकालेर पिसिआर परीक्षण गर्न पठाएका थियौं,’ अस्पतालको कोरोना रेस्पोन्स टिमका प्रमुख डाक्टर अनिल पोखरेलले  भने,‘शनिबार साँझ नै उहाँको मृत्यु भएको थियो। हिजो आएको पिसिआर रिपोर्टमा उहाँलाई कोरोना संक्रमण देखियो।’

मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपाली सेनाले उनको अन्तिम संस्कार गर्न लैजाने तयारी भएको डाक्टर पोखरेलले जानकारी दिए।

रौतहटका ती युवामा पहिलादेखि नै छातीको समस्या थियो। केही दिनयता सास फेर्न समस्या भएपछि उनी एम्बुलेन्समा रौतहटबाट काठमाडौं आएका थिए।

योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार