साेती घटनामा मारिएका नवराज विकलाई सरकारले मरणेपरान्त पुस्तकृत गर्ने

साेती घटनामा मारिएका नवराज विकलाई सरकारले मरणेपरान्त पुस्तकृत गर्ने

असार १५ काठमाडौं

रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकलाई सरकारले मरणेपरान्त पुस्तकृत गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कार अन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रिय स्तरका पुरस्कार प्रदान गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार