पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

मेजर जनरल निगार जोहर

एजेन्सी– मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेन्ट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन्।

पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आइएसपिआर) लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, ‘मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नति गरिएको  छ।’ पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरले पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाएकी छन्।

जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी बासिन्दा भएको आइएसपिआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ।

उनी मेजर जेनरलमा सन् २०१७ मा पदोन्नति हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार