सोती घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

सोती घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

जेठ १० गते रुकुम चौरजहारी नगरपालिका-८ सोती घटनामा गाउँले कुटाइबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धेश्वर प्रगतिशील समाज साफेबर अछाम हाल भारत महाराष्ट्रमा रहेका युवा साथीहरुले संकलन गरि पठाउनु भएको आर्थिक सहयता वितरण गरिएको हो ।

अन्तरजातीय विवाह सम्बन्धका कारण स्थानीय युवाहरुको कुटपिट गरि हत्या गरिएका नवराज विकसहित मृतक ६ जनाका परिवारलाई उक्त आर्थिक सहायता उपलब्ध गराएको हो । मृतकका परिवारलाई जाजरकोटमा एक कार्यक्रमको आयोजना गरि जनही १२ हजारका दरले हुने जम्मा ७२ हजार रुपैँया वितरण गरिएको हो । उत्पिडित युवा समाज मञ्च रुकुम चौरजहारीको समन्ययमा राहात वितरण गरिएको हो । मृतक नवराज विक, टिकाराम सुनार, गणेश बुढा, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाहीका परिवार र आफन्तलाई रकम हस्तान्रण गरिएको छ ।

अछाम घर भई हाल भारतमा रहेक सिद्धेश्वर प्रगतिशील समाज साफेबर नगरपालिका अछाम हाल भारत महाराष्टबाट रकम पठाएको हो । रकम हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीको उपस्थिती समेत रहेको थियो । सस्थाले यस अघि अछामको बयलपाटा अस्पतालमा आगो लगाएर मृत्यु भएका सिद्धार्थ आउजीका परिवारलाई पनि आर्थिक सहायता उपलब्ध गराएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार