स्थानीय तहको पहलमा रुकुम पश्चिममा पीसीआर परीक्षण सुरु

स्थानीय तहको पहलमा रुकुम पश्चिममा पीसीआर परीक्षण सुरु

रुकुम पश्चिम – रुकुम पश्चिममा पहिलो पटक कोराना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकाले वडा नम्बर २ को जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बुधबारबाट कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएकाे हाे ।

बुधबार बेलुका प्रयोगशालामा जडान गरिएको मेसिनबाट पहिलो पटक चार जनाकाे परीक्षण गरिएका सबैको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रमुख विशाल शर्माले बताएका छन ।

केन्द्र, प्रदेश र रुकुम पश्चिमका सबै स्थानीय तहको पहलमा पीसीआर मेसिन जडानपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हाे । मेसिन  सञ्चालनमा आएपछि रुकुम , सल्यान, जाजरकोट र डोल्पा जिल्ला सम्मका स्वाब परीक्षणमा सहजता आउने विश्वास गरिएको छ ।

मेसिन जडान र परीक्षणको काममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निरेश थापा, निर्देशक धर्मराज गोसाईँ र प्रयोगशाला प्रमुख विवेक पुनलगायतको टिम रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार