गुल्मीमा पहिरोमा परि एकजनाको मृत्यु

गुल्मीमा पहिरोमा परि एकजनाको मृत्यु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिकामा आएको पहिरोमा परि एकजनाको मृत्यु भएको छ।

बिहीबार राति ११ बजेदेखि आएको वर्षाले पहिरो जाँदा मुसिकोट  वडा नम्बर २ का भागीरथ घिमिरे पुरिएका हुन्।

वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार राति गएको पहिरोमा अन्दाजी ६० बर्षका घिमिरे पुरिएका हुन्।

साँझ गाउँकै होटलमा गएका खत्री पानी परेपछि घर फर्किन नसकी होटेलमै बाँस बसेका थिए।

वडा नम्बर २ को दर्लुङ हाडिखोलामा पहिरो जान थालेपछि होटल धनि हरि बहादुर घिमिरे र उनको परिवारले ज्यान जोगाउन सकेपनि खत्रीलाई भने पहिरोले पुरेको वडा अध्यक्ष खत्रीले जानकारी दिए।

खत्रीको शव अहिले पनि पहिरोभित्रै रहेको छ।

घटनास्थलमा उद्धारको लागि प्रहरी आउँदै गरेको वडा अध्यक्ष खत्रीले बताए।

खत्रीका अनुसार राति परेको मुसलधारे बर्षापछी निस्दी खोलामा आएको बाढीले पहिरो झारेको हो ।

पहिरोले गाउँका केही घर गोठ बगाएको भएपनी के कति क्षति भएको छ भन्ने एकिन भईनसकेको खत्रीले बताए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार