निजी विद्यालयका शिक्षकहरु तलब माग गर्दै काठमाडौं प्रदर्शन

निजी विद्यालयका शिक्षकहरु तलब माग गर्दै काठमाडौं प्रदर्शन

काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफूहरुलाई तलब दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । लकडाउनका कारण गत चैतदेखि निजी विद्यालय बन्द हुँदा आफूहरुले तलब नपाएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले हाम्रो तलबको व्यवस्था गर, सरकार हाम्रा लागि होइन र ?, हामी अभिभावकको विश्वासप्रति प्रतिवद्ध छौं,  बहानाबाजी चाहिँदैन, शिक्षक निकाल्न पाइँदैन, सरोकारवालाको ध्यान जाओस् हामी भोकभोकै छौं आदि नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

शिक्षकहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरी कोणसभा गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार