कांग्रेस सासदद्वारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

कांग्रेस सासदद्वारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  बजेटप्रति असन्तुष्टि जनाउँदै कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ। कर्णाली प्रदेश सभामा कांग्रेसका ६ सांसद छन्

शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए ।

यस अघि कांग्रेसले सबै मन्त्रालयका अलग-अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले भने सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेश सभामा वितरण गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार