राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बिच शितलनिवासमा भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बिच शितलनिवासमा भेटवार्ता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो। के विषयमा भेटवार्ता भएको हो भन्नेबारे खुलाइएको छैन।

पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न प्रधानमन्त्रीमाथि दवाव छ। विवाद बढ्दै गएपछि सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक पनि स्थगित गरिएका छन्।

यसैबीच प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई शनिबार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन्। एक मन्त्रीले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीले बेलुकी ७ बजे उपस्थित हुन भनेका छन् तर उक्त बैठक औपचारिक भने होइन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार