कोरोना संक्रमणपछि कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो

कोरोना संक्रमणपछि कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो

काठमाडौं । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२०१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज भएकामध्ये दैलेखको आठबीस आइसोलेसनका ४ महिलासहित २० जना र प्रदेश अस्पताल सुर्खेतका एक महिलासहित ३ जना रहेका छन् ।

यस्तै, शनिबार कर्णालीमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका ५ र दैलेखका एक जना रहेको महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

सल्यानका संक्रमितहरू दार्मा गाउँपालिका वडा नं. १, ५ र ६ का ५ जना पुरुष रहेका छन् । त्यस्तै, दैलेखको डुङ्गेश्वर गाउँपालिका-६ का एक जना पुरुष रहेका छन ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४८९ पुगेको छ । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल २८२ जना आइसोलेसनमा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार