पार्टी एकता संकटमा छ : प्रधानमन्त्री ओली

पार्टी एकता संकटमा छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन्। शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले पार्टी एकता गम्भीर मोडमा आइपुगेको बताएका हुन्।

‘पार्टी एकता संकटमा छ। अवस्था जटिल छ। यसलाई सुझबुझका साथ मूल्यांकन गर्नू। सानोसानो कुरालाई ध्यान दिनू,’ मन्त्री र राज्यमन्त्री लाई ब्रिफिङ गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भनेका विषय उद्धृत गर्दै छलफलमा सहभागी एक मन्त्रीले नेपाल लाइभसँग भने।

उनले राष्ट्रिय एकता पक्षमा एक हुन आह्वानसमेत गरेका थिए। प्रधानमन्त्रीले बोलाएको छलफलमा सहभागी ती मन्त्रीका अनुसार अध्यादेशका विषयमा भने कुनै छलफल भएन।

मन्त्री र राज्यमन्त्रीसँग उनले छलफल गरेपनि सरकारका विषयमा भने कुनै कुराकानी नभएको बताइएको छ। ‘पार्टीसँग जोडिएका कुरामात्रै उठे। पार्टी भनेको सचिवालय र स्थायी कमिटीलाई मात्र नबुझ्न भन्नुभयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै अर्का एक मन्त्रीले भने।

पार्टीमा देखिएको पछिल्लो विवादले कहाँसम्म पुर्‍याउँछ भन्ने निर्क्यौल गर्न सकिने अवस्था नरहेको समेत उनले राज्यमन्त्री तथा मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार