बारामा साढे पाँच किलो गाँजासहित एक पक्राउ

बारामा साढे पाँच किलो गाँजासहित एक पक्राउ

काठमाडौं ।   जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टाेेेलिलेे साढे पाँच किलो अवैध लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

गाँजासहित पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ गम्हरगावा टोल बस्ने वर्ष ६० को वासुदेव महतो रहेका छन्।

प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ दुधौरा पुल नजिकैबाट गाँजासहित महतोलाई पक्राउ गरेको हो।

प्लाष्टिकको बोराभित्र लुकाई पिठ्युमा बोकि ल्याएको अवस्थामा महतोको साथबाट साढे पाँच किलो अबैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।

पक्राउ परको उनलाई लागु औषधि मुद्दामा म्याद थप गराइ थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार