आज मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने

आज मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने

काठमाडौं ।   मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज साँझ बस्ने बैठकले नयाँ प्रहरी प्रमुख छनाेट गर्ने छ ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए ।

प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ गते ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा पाउँदैछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार